समाचार

प्युठानमा चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा

प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।

कर्णाली सरकारले पूर्णता पायो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए । त्यस्तै एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा

मसान्तसम्म कर तिर्ने शर्तमा क्रसरमाथिको प्रतिबन्ध फुक्यो

काठमाडौं । सरकारले कर नतिरी सञ्चालन भएका क्रसर उद्योगहरुलाई असार मसान्तसम्म कर तिर्ने शर्तमा खुल्ला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिदेखि नै सञ्चालनमा आएका तर दर्ता नभएका क्रसरहरुको हकमा भने बन्द गर्ने निणय गरेको छ । सरकारले अवैध भनेर क्रसरहरु धमाधम बन्द गर्न थालेपछि विकास निर्माणको काममा बाधा परेको भन्दै व्यावसायीहरुले सरकारलाई ध्यानाकर्षण गराएका थिए । क्रसर प्रतिबन्धका कारण देशभर निर्माणका गतिविधि ठप्प भएपछि अन्ततः सरकार

'आरआरआर’को ‘नाटु नाटु’ ओस्कर अवार्डको मनोनयनमा पर्यो

काठमाडौं । भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत ९५ औं संस्करणको ओस्कार अवार्डमा मानोनित भएको छ। ‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ।

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका आचार्यको आज निधन भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीका अनुसार आचार्यको शरीर ८० प्रतिशत जलेको थियो । आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग

बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न नपाइने

काठमाडौं । नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ । जर्किनलगायत भाँडामा

आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।थोरै भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मेयर बालेन साहविरुद्ध प्रदर्शनको तयारी

काठमाडौं । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध धर्ना एवं प्रदर्शन गर्ने भएको छ । काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको समितिका संयोजक सुमन सायमीले जानकारी दिए । बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ । बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले

पोखरा विमान दुर्घटना : ६० जनाको शव परिवारलाई बुझाइयो

काठमाडौं । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ ।

ललितपुरको एक कागज गोदाममा आगलागी

काठमाण्डौं । सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित एक कागजको गोदाममा आगलागी भएको छ । उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो। चार वटा दमकल, प्रहरी लगायतले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको एसपी प्रविण पोखरेलले बताए।