एसपीको सरुवा अन्यौल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड बनाएर सरुवा गर्ने तयारी गरेपछि शक्तिकेन्द्रको आडमा आकर्षक पोष्टिङ पाउँदै आएका प्रहरी अधिकारीको टेन्सन बढेको छ । एक पदमा दुई पटक भन्दा धेरै इन्चार्ज नपाउने गरी मापदण्ड बनाउन लागिएको छ । साथै दुई पटक तराईको जिल्लामा इन्चार्ज नदिने तयारी छ । केही एसपी तथा डिएसपीहरु पावर लगाएर तेस्रो पटक इन्चार्ज जाने तयारीमा थिए । अब उनीहरु मापदण्ड नै रोक्न लागिपरेका छन् । नयाँ