समाचार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि माघ २५ गते उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान गर्ने र निर्वाचनमा सहभागी हुने दलले दर्ता गर्नुपर्ने व्यवस्था छ ।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने बताए । ‘कांग्रेसले विश्वासको मतको खिलाफमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ’, उनले भने ।

कोरोना भाइरसबाट एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

तुइनबाट खस्दा एक बालक बेपत्ता

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए । यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द भण्डारीले बताए । उनका अनुसार घटनाका बारेमा स्थानीयले कुनै जानकारी

गृहमन्त्री लामिछानेले मागे नेपाल प्रहरी र सशस्त्रका ‘घुमुवा’ प्रहरीको विवरण

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरीको विवरण मागेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमातहतका घुमुवाको विवरण गृह मन्त्रालयमा पठाउन निर्देशन दिइएको स्रोतले जनाएको छ। पुस १८ गते नै विवरण पठाउन भनिए पनि दुवै प्रहरी संगठनले आफूहरूसँग घुमुवा प्रहरी नभएको र सूचना संकलन तथा अपराध अनुसन्धान खटिएका प्रहरी मात्रै रहेको जवाफ दिएका छन्। ‘घुमुवा प्रहरी भन्ने हुँदैन।

माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल

हेटौडामा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल आज बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिकसमेत गरेको छ । हिजो बुधवार दिउँसो अमेरिकी डलर देखाइ ठगी गर्ने चार जनालाई पक्राउ गरिएको र अर्का एक जना भने फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको

पोखरामा इन्टरनेट सेवा बन्द

पोखरा । पोखरामा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य ‘अपरेशन सेन्टर’मा विद्युत् विच्छेद गरेकोले सेवा बन्द भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै उल्लङ्घन गरेको आईस्पानको आरोप छ । प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानको दाबी छ । यसको जिम्मेवार प्राधिकरण भएको र क्षतिपूर्ति पनि

सवारी ट्रायलमा ७० अंक प्रणाली पुन: रोकियो

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि दिइने ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली फेरि रोकिएको छ । आज (बुधबार)देखि लागू गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला वागमती प्रदेश मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको हो । मुख्यमन्त्री कार्यालयको पटक–पटकको हस्तक्षेपका कारण उक्त प्रणाली लागू हुन सकेको छैन । यो तेस्रो पटक मुख्यमन्त्री कार्यालयले हस्तक्षेप गरेर रोक लगाएको हो । मुख्यमन्त्री कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम,

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । बैठकपछि उनले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै