समाचार

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । घाइतेमध्ये दुई जनाको अवस्था

रुपन्देहीबाट १ सय ५६ उम्मेदवारको जमानत जफत

भैरहवा । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत ल्याएका प्रदेश सभातर्फ ८३ जनाको र प्रतिनिधी सभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो । उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि

आज देशभर उधौली पर्व हर्ष उल्लासका साथ मनाइँदै

काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ’, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन, ‘यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।’ किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई

गत निर्वाचनको तुलनामा एमालेको करिब ६ लाख मत घट्यो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ । यसपटकको निर्वाचनमा नेपालका तीन वटै ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समानुपातिकतर्फ अघिल्लो पटकको तुलनामा घटेको छ । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएको छ । यो अघिल्लो निर्वाचनको तुलनामा एमालेको झण्डै ६ लाख कम मत हो । पाँच वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

एसपी सरुवाको तयारी

काठमाडौं । चुनाव हारेका गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालय छाड्नुअघि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरुवाको तयारी थालेका छन् । सरुवाका लागि गृहमन्त्री निकट बिचौलियाहरू सक्रिय भएका छन् । नेपाल प्रहरीमा एक दर्जन जिल्लाका एसपीको एक वर्ष अवधि पुगेको छ । त्यसमा तराईका पर्सा, बाँके जस्ता जिल्लासमेत छन् । ती जिल्लामा एसपीको सरुवाका लागि लाखौंको आर्थिक चलखेल हुने गरेको छ । पर्साका एसपी रमेश बस्नेत, धनुषाका बसन्त रजौरे, बाँकेका

नेपाल प्रहरीका नवनियुक्त इन्स्पेक्टरले लगाए फूली

काठमाडौं । जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय सात जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए

फराकिलो जितसँगै पोर्चुगल क्वाटरफाइनलमा

काठमाण्डौं । गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गरे । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे । रामोसले खेलको १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले

सात पार्टी राष्ट्रिय दल बने

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार सात दल राष्ट्रिय दल बनेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी, रष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर

समानुपातिकतर्फ कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ । कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ । कांग्रेसले २७ लाख १५