समाचार

एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय दल बन्न असफल भएको छ । पहिलोपटक आमनिर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । एकीकृत समाजवादीले कुल सदर मतको दुई दशमलब ८२ प्रतिशत मात्रै मत ल्याएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य

आयात प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं । गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ ।

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

काठमाडौं । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो । जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित

दक्षिण कोरियालाई हराउदै ब्राजिल क्वाटरफाइनलमा

कतार । उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४-१ ले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गर्दै कोरियालाई समस्या दिएको थियो ।

समानुपातिक तर्फको मतगणना आज सकिने

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार आज सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार ४३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता

प्रचण्डसँग गृहमन्त्रीको भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ । निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुककको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा

प्रतिनिधिसभा पुगे १२ दल

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को केन्द्र र प्रदेश दुबैतर्फका निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान दोलखाको मतगणना सकिएसँगै आम निर्वाचनअन्तर्गत प्रदेश र प्रतिनिधिसभा दुबैतर्फको नतिजा सार्वजनिक भएको हो । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रो स्थानमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ

प्रदेशसभामा ११० सिट जितेर कांग्रेस पहिलो, एमाले दोस्रो

काठमाडौं । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको ३३० क्षेत्रकै मतपरिणाम आएको हो । ७ वटै प्रदेशका ३३० वटा प्रदेशसभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा एमालेले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ । नेकपा माओवादी

एमालेलाई हराउँदै दोलखामा माओवादीका कार्की विजयी

काठमाडौं । दोलखा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । शिवाकोटीभन्दा कार्की ५१८ मतले मराजित भएका हुन् ।

सत्ता गठबन्धनको बैठक आज दिउसो बस्दै

काठमाण्डौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार,