समाचार

११ दिनपछि बाजुरामा मतगणना सुरु

बाजुरा । बाजुरामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजे मतगणना गर्ने निर्णय गरेसँगै मतगणना सुरु भएको हो । निर्वाचन आयोगले हिजो रोकिएको मतगणना गणना गर्ने निर्णय गरेको थियो । तर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेपछि मतगणना सुरु हुन सकेको थिएन । एमालेका माग सम्बोधन पछि मतगणना सुरु भएको हो । एमालेले मंसिर ४ गते विद्यार्थी नेता चेतन ऐडीका हत्या पक्राउ

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

काठमाडौं । दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका

फिफा विश्वकप : आज चार खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछ । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुने भएको हो । पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स

बैतडीमा १९ हजार मत बदर

बैतडी । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए । जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा

अवैध लागु औषधसहित झापाबाट एक जना पक्राउ

काठमाडौं । अवैध लागु औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– १० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

डिआइजीविरुद्ध हेडक्वार्टरमा उजुरी

काठमाडौं । लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायविरुद्ध मातहतका प्रहरीले प्रहरी प्रधान कार्यालया उजुरी गर्न थालेका छन् । लाइन नबुझाएको आरोपमा दुःख दिन थालेको भन्दै उनीहरुले आफ्नै हाकिमविरुद्ध मौखिक उजुरी दिन थालेको स्रोतले दृष्टिलाई बताएको छ । डिआइजी उपाध्यायले सीमा चौकीका इन्चार्जदेखि जिल्ला प्रहरी प्रमुखसम्म लाइन मागेको स्रोत बताउँछ । यसरी नबुझाउने कतिपयलाई कारबाहीको धम्की दिदै आएका छन् । आइतबार डिआइजी उपाध्यायले प्रदेशभरीका इन्चार्जहरुलाई भेट्न बोलाएका थिए । जुन भेटमा उनले

मुस्ताङबाट ५० करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो रु एक सय २० देखि ३० भएको छ । सरदर प्रतिकिलो

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन

तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा

काठमाण्डौं । हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् ।  मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक

सुकुम्बासी र प्रहरीबीच झडप

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीय र महानगर प्रहरीबीच झडप परेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् । स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका