समाचार

मेयर बालेन साहको राजीनामा माग

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् । उनहरुले खुकुरीहंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

नयाँ सरकार गठनको प्रयासमा सत्ता गठबन्धन

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु नयाँ सरकार बनाउने प्रयास स्वरुप छलफलमा जुटेका छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक अन्तिम चरणमा पुगेसँगै गठबन्धनका शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नयाँ सरकार निमार्णका लागि छलफलमा जुटेका हुन् । निकट स्रोतका अनुसार प्रतिनिधिसभामा एकल बहुमत नआएको

तीन दशकपछी कालीकोटमा कांग्रेसको जीत

काठमाण्डौं । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल भए । तत्कालीन समयमा नेपाल

सुवास नेम्वाङको पाँचौं पटक संसदमा ‘इन्ट्री’

काठमाडौं । प्रतिनिधिसभामा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार निर्वाचन जित्दै आइरहेका छन् । यो उनको पाँचौ जित हो ।

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाण्डौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका

कर्णालीमा एमाले पत्तासाफ, अन्य कुन दलले कति सिट जिते ?

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको हो । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा एकीकृत समाजवादीले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा एमाले शून्यमा झरेको हो । विसं २०७४ को

मुम्बई ताज होटेल आक्रमणका मास्टरमाईण्ड डेभिड हेडलीको कथा

काठमाण्डौं । भनिन्छ सेप्टेम्बर २००६ मा जब डेभिड हेडली पहिलो पटक ताज होटलमा प्रवेश गरे, त्यहाँको वैभव र त्यहाँ काम गर्ने मानिसहरूको व्यवहार देखेर उनलाई सो भव्य ठाउँलाई ध्वस्त पार्न सजिलो नहुने महसुस भएको थियो । टावर लबीमा ‘फ्रान्जीपानी’को मादक गन्ध र सी लाउन्जको झ्यालबाट देखिने गेटवे अफ इन्डियाको दृश्यले उनमा झण्डै होटेलमाथि आक्रमणको सोच धरमराएको थियो ।  मुम्बईको पहिलो भ्रमणका क्रममा हेडलीसँग ताजमा बस्न पैसा थिएन । त्यसैले उनी ताजबाट साढे

रुपन्देही ३ मा दीपक बोहोराको अग्रता कायमै, पछि परे गृहमन्त्री खाण

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाण पछि परेका छन् । निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले  ३२ हजार ८४८ मत प्राप्त गरेका छन् । खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्।

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए । चितवन–३ मा डा. अधिकारीलार्इं नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलले समर्थन गरेका थिए भने नेकपा एमालेले

हुम्लाबाट माओवादी केन्द्रका छिरिङ डम्दुल लामा निर्वाचित

हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।