बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुदैं
काठमाडौं । निर्वाचन आयोगले भोलि (बुधबार) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । उनले भने, ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश