समाचार

गुप्तचरका १४ डिएसपी एसपीमा बढुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ । उनले गरेको डिएसपीबाट एसपीको बढुवा विवादमा तानिएको छ ।बुधबार उनले १४ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेका थिए । सिफारिसमा निष्पक्षता नभएको भन्दै धेरैले गुनासो गरेका छन् । बढुवा हुनेहरुमा राजन शर्मा, मोहन कुँवर, अशोक भट्ट, पवन जोशी, ओम जोशी, हरिष बिष्ट, प्रकाश शाह, रिता अधिकारी, रजनी घिमिरे, सुरेश तिवारी, सुशील महत, केशब न्यौपाने, हेमन्त

डेङ्गुबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो । जिल्लामा

रवीन्द्र मिश्र काठमाडौं नम्बर १ बाट चुनाव लड्ने

काठमाडौं । विवेकशील साझा पार्टीबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि मिश्र काठमाडौं क्षेत्र नम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बस्न लागेको हो । बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन्। राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए। विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्रले चुनावमा हार ब्यहोरेपछि राजीनामा दिएका थिए। राप्रपा प्रवेश गर्नुअघि उनले

सल्यान मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको  मृत्यु

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे ३ बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहरा, शोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त

अन्जनको ह्याट्रिकले नेपाल विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेपाल सहज जित दिलाउनको लागि अन्जन विष्टले ह्याट्रिक गरे । बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए । नेपालले पहिलो हाफमै तीन गोल गरको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । १८औं मिनेटमा अञ्जानले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए

हुम्लाका पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा

सिमकोट । हुम्लाका पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका छन् । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका हुन् । निर्वाचन आयोगको कारबाहीमा पर्नेहरुमा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन् । त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चारजना गाउँपालिकाका निर्वाचित उपाध्यक्षसमेत रहेका छन् ।

बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुदैं

काठमाडौं । निर्वाचन आयोगले भोलि (बुधबार) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । उनले भने, ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोत अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । यो संगै इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका लामिछाने हालसम्म स्वदेश फर्किएका छैनन् । उनीमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएका