सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको अन्तिम टुंगो लगाउदै
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बस्दैछ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । यद्यपि आजको बैठकको समय तय भइनसकेको एक नेताले जानकारी दिए । यसअघि भदौ ३० गते बिहिबार बसेको बैठकले निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि असोज ४ गते प्रत्यक्ष तर्फको सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो । समानुपातिक बन्द सूची बुझाउनका लागि