चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन प्रहरी परिचालन
काठमाडौं । महाअभियोग लागेपछि निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै आइतबारदेखि नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको समाचार बाहिएसँगै राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हो । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।