समाचार

क्यान्सर अस्पताल खजुराको अध्यक्षमा मल्ल

नेपालगंज । सरकारले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १९ गते आइतबार युवानेता मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए । एमाले नेता भक्तबहादुर केसीले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको समितिको अध्यक्षमा नियुक्त मल्ल नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु फैलियो

काठमाडौं । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौं उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौंमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनेको सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक आज बस्दैछ। आइतबार बसेको बैठकले छिट्टै सिट बाँडफाँट टुङ्याउने भन्दै बैठक आजका लागि राखेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गर्न निर्देशनसमेत दिएको छ। बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि

छुरा प्रहारबाट क्यानडामा १० जनाको मृत्यु

ओटाबा । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ । ‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो

महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । महाभियोग समितिमा बुधबारबारदेखि निलम्बित प्रधानन्यायाधीश जवराको बयान लिन सुरू गरेको छ । बिहबार बसेको बैठक समितिका सदस्यको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते बिहान ११ बजे पुन: बयानका लागि जवरालाई बोलाइएको समितिका सभापति रामबहादुर

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन्। यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र

आउने निर्वाचनपछि एमालेको सरकार बन्छ : ओली

इनरुवा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा ओलीले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका

हैसियतभन्दा बढी सिट नमाग्न कांग्रेसलाई नेपालको आग्रह

विराटनगर । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठवन्धन दल नेपाली कांग्रेसलाई हैसियतभन्दा बढी सिट माग्ने काम नगर्न आग्रह गरेका छन् । शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले कांग्रेसकै कारण सिट बाँडफाँट टुङ्गो नलागेको समेत बताए । कांग्रेसले अस्वभाविक दाबी गरेका भन्दै उनले भने, ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सिट चाहियो ।

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार शनिबार बिहान बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । प्रहरीका अनुसार नेपालबाट गोवा जाँदै गरेको उक्त बसमा ६० जना नेपाली सवार थिए । महानगुपुर गाउँमा पुग्दा

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किए

कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई