समाचार

कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु

कोलम्बिया । दक्षिणपश्चिमी कोलम्बियामा विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि

आसिफ शेखको शतकमा नेपालको सानदार जित

काठमाडौं । ओपनर आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ९७ बल खेलेका उनले

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको हो । बोर्डका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार

उदयपुरमा एकै परिवारका ३ जनाको हत्या

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ७ गौधाटार मैनामैनीमा एक जनाले शुक्रबार एकै परिवारका तीन जनालाइ धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन । घरबाट खेती तर्फ जाँदै गरेका स्थानिय ३७ बर्षिय राजकुमार बस्नेत, उनका श्रीमती ३० बर्षिया सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्या लगत्तै फरार रहेका आरोपित ४० बर्षिय नरबहादुर बस्नेतलाई प्रहरीले सोही नगरपालिका वडा नं

गोरखा-१ मा प्रचण्ड सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।तर, यता प्रचण्डले भने चितवन–३ बाट चुनाव लड्ने बताउँदै आएका छन् । शुक्रबार मात्रै पनि अधयक्ष प्रचण्डले आफू चितवन–३ मै उठ्ने बताएका छन् । शुक्रबार बिहान सर्खेत उनले पत्रकारहरुसँग भने, ‘म चितवन–३ बाटै चुनाव लड्ने छु । तर, यसैबेला माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला

एसिया कपको सुपर चारमा श्रीलंका

काठमाडौं । श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंकाले सुपर चारमा स्थान बनाएको हो । बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।

बुटवल-पाल्पा सडक बिहीबारदेखि अवरुद्ध ठप्प

बुटवल । बुटवल-पाल्पा सडक बिहीबारदेखि अवरुद्ध ठप्प छ । हिउँदे खोलाछेउमा पहिरोले सडक पुरेपछि अवरुद्ध बनेको हो । करिब २० क्षेत्रमा पहिरोले पुरेर सडक भास्सिएको छ । पानी पर्न नरोकिएपछि सडक खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । २ दिनदेखि खुलाउने प्रयास जारी रहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख महेश्वर लम्सालले बताए ।

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक छलफलपछि पारित गर्ने तयारी छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे । समितिमा छलफलपछि हुबहु पारित भएकाे छ

डेंगीको संक्रमण ७२ जिल्लामा फैलियो

काठमाडौं । डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । अझै २ महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन् । गएका वर्षमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना

नेपालको ऋण २० खर्ब नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा