समाचार

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

काठमाण्डौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आज महिला पुरुष दुवैले गर्ने शास्त्रीय

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताहरु सुर्खेत आउदैं

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरु बिहीबार सुर्खेत आउने भएका छन् । माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत आउन लागेका हुन् । प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत आउने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ । यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पनि सुर्खेत आउने कार्यतालिका रहको

एक वर्षमा ३४ युट्युब च्यानललाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले एक वर्षको अवधिमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले २०७८ साउन १ गतेदेखि आजको मितिसम्म गरेर ती युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको (साइबर ब्युरो)लाई सिफारिस गरेको हो । काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रबीच भाइचाराको सम्बन्धमा खलल

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदल बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो। बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो। राष्ट्रिय जनमोर्चाका हिमाल पुरीका अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ। नेपाली कांग्रेसले सय सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले

खोलामा डुवेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् । खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै

राष्ट्पति भण्डारी र माधव नेपालविच छलफल

काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्षलगायतका नेतासँग परामर्श गरेका छन् । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएका राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्षलगायतका नेतासँग परामर्श गरेका थिए । भण्डारीले साँझ माधव नेपालसँग परामर्श गरेका हुन् । नेताहरुसँगको भेटमा उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्नु उपयुक्त हुने सुझाव दिएका छन् । यसअघि उनले कांग्रेस र एमाले, राप्रपा, लगायत दलका नेताहरुसँग पनि परामर्श गरिसकेका छन् ।

पर्याप्त शो नपाएको भन्दै ‘राधा’लाई सबै हलबाट उतारियो

काठमाण्डौं । शुक्रवारबाट प्रदर्शनमा आएको सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘राधा’लाई निर्माताहरुले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलवार आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट फिल्मलाई हलबाट उतार्ने घोषणा गर्‍यो । निर्मात्री दिवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहरुले चरम विभेद गरेको र फिल्मलाई उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण फिल्मको

प्रहरीलाई १ सय ८० वटा गाडी किन्न अर्थ मन्त्रालयको सहमति

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ । पिकअप (डबल क्याप) गाडी खरिदका लागी अर्थ मन्त्रालयले ७५ करोड बजेट स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । प्रहरीले ठुला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले एउटै स्वरूपको पिकअप ७५ करोडबाट नबढ्ने गरी खरिद

चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्। घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार-पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन। बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए। ‘वडाअध्यक्षमार्फत् हामीकहाँ घटनाको बारेमा जानकारी आयो।