समाचार

महाअभियोग सिफारिस समितिले जबरासँग बयान लिँदै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बयान लिने भएको छ। सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

ट्रक पल्टिदा राजमार्ग अवरुद्ध

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक आज बिहान सडकको बीच भागमै पल्टिएको हो । ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ । क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउने बताइएको छ ।

नासाले नयाँ चन्द्र रकेट प्रक्षेपण गर्ने

एजेन्सी । नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्ने भएको छ । केही दिनअघिको तालिका रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेपण गर्न लागिएको हो । सोमबार बिहान प्रक्षेपणका लागि योजना गरिए पनि रकेटका ४ आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि स्थागित गरिएको थियो । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । यसले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो। प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन। नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत

नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने

नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको रुट अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । विश्व एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स) का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको रुट नापी गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका

म्यादी प्रहरी भर्ना दसैंपछि खुल्ने

काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीको दसैंपछि भर्ना खुल्ने भएको छ । दसैंको विदा सकिएपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया थाल्ने तयारी प्रहरीले गरेको छ । यसपालि पनि प्रहरीले ४० दिनका लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । सरकारले आइतबारै १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ । म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको

आज सार्वजनिक हुंदै कक्षा १२ को नतिजा

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसका लागि दिउँसो ३ बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।

चट्याङ लागेर तीन जनाको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । मलाहिटोल छेउमा मंगलबार बिहान परेको चट्याङले खेतमा काम गरिरहेका ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारीको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् । चट्याङले ४० वर्षिया सैलिदेवी सामान्य घाइते भएको डिएसपी सिहंले बताए ।

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

धनगढी । कञ्चनपुरमा सोमबार बेलुका जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाटामा जंगली हात्तीको आक्रमणमा परेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेdf सिमलफाँटाका कालुराम जोशीकी २२ वर्षीया मीना जोशी रहेकी छन्। खेतमा काम गर्ने समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। घटनाको मुचुल्का उठाएर शव परीक्षणका राति नै महाकाली प्रादेशिक अस्पताल लगिएकाे