समाचार

निर्वाचन आचारसंहिता २०७९ राजपत्रमा प्रकाशित

काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ। आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागु गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ। आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका

आज हरितालिका तीज,  महिलालाई बिदा

काठमाडौं । आज हरितालिका तीज पर्व हर्षाेल्लासका साथ मनाइँदैछ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । यद्यपि, तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । आजका दिन

तीजले सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता,

प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा, निमित्त आइजिपी वने सहकुल

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका हुन् । हरेक वर्ष अमेरिकामा हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उनी अमेरिका लागेका हुन् । सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको भ्रमणमा सिनियर एआइजी सहकुलबहादुर थापा निमित्त आइजिपी भएका छन् । आइजिपी सिंह करिब दुई सातापछि फर्कने बताइएको छ । उनीसँगै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि भ्रमणमा निस्किएका छन् ।

पहिरोमा परेर रूकुम पश्चिममा आमा-छोरीको मृत्यु

रुकुम पश्चिम । रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए। माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए। भेरी नगरपालिका १ मैतेस्थित माइतीमा

सुरक्षा प्रमुख सिंह र अर्याल अमेरिका जांदै

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।

बार्सिलोनाको सानदार जित

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थियो । क्याम्प नोउमा आइतबार राति भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले गोलको खाता

फिफाले गर्यो भारतलाई अनिश्चित निलम्बन

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) मा बाहिरी शक्ति हावी भएपछि भारतलाई निलम्बन गरेको छ । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो । फिफाको यस

पहिरोका कारण कर्णाली र म्याग्दीमा सडक अवरुद्ध

काठमाण्डौ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आइतबार बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । आइतबार बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अवरुद्ध भएको हो

माओवादीका दुई मन्त्रीले दिए राजीनामा

कर्णाली । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् । मन्त्री विष्ट र सिंहले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता