समाचार

प्रहरी सेटिङमा अवैध धन्दा फस्टाउदै

बाँके । बाँकेको कोहलपुर क्षेत्रमा प्रहरी सेटिङमा अवैध धन्दा फस्टाएको छ । कतिसम्म भने लागुऔषध कारोबार गर्नेहरुले समेत प्रहरीका घुमुवासँग सेटिङ मिलाएका छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले प्रहरी हवल्दार गोपाल खड्का, सहायक हवल्दार शशी शाह र जवान घनश्याम केसीलाई घुमुवाका रुपमा खटाएका छन् । उनीहरुले पछिल्लो समय लागुऔषध कारोबारीसँगै मासिक एक लाख रुपैयाँसम्म उठाउन थालेको स्रोत बताउँछ । कोहलपुर नगरपालिका–११ स्थित सानिामा क्याफे र डोको होटलमा

रत्नपार्क-भोटाहिटी अण्डरपासमाथिको संरचना भत्काइँदै

काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपा बनाइएको भन्दै भत्काउन थालेको हो ।   पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु गरिएको हो । सबवेभित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती

त्रिविमा नेविसंघ-अनेराश्ववियु झडप, तीन जना घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले बिथोल्ने प्रयास गरेको छ । नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसै क्रममा अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्यो । त्यसपछि दुईपक्षबीच झडप भएको हो । झडपमा २ विद्यार्थी र १ जना प्रहरी घाइते भएका छन् । प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी रुकेश ताण्डुकारका अनुसार त्रिविको पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो

एपेक्स र केएन ट्विन टावर भत्काइदै

दिल्ली । नयाँ दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ ए स्थित प्रसिद्ध ट्विन टावर आज भत्काइदैछ । आइतबार दिउँसो २ः३० बजे यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । टावर भत्काउन १२ सेकेन्ड मात्रै लाग्नेछ । टावर भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन् । त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन् । धेरै गैरसरकारी संस्था भवन नजिकै बस्ने कुकुरलाई बचाउन एकसाथ काम गरिरहेका छन्

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, ३ जना घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । काठमाडौंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवालको मृत्यु भएको हो । नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जानएको छ । उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए । दुर्घटनामा घाइते भएका जोरपाटी निवासी ३१ वर्षीय सुरेश

समानुपातिकका लागि दल दर्ता आजसम्म

काठमाडौं । समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिंदैछ । आयोगले शुक्रबारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको दर्ता गर्न भनेको थियो । बाँकी रहेका दललाई समयमै आएर दार्ता गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अनुरोध गरे । आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो ।

मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडकखण्डको विभिन्न स्थानमा

त्रिशूली नदी किनारमा ट्रक खस्यो

मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउदै गरेको ना५ख ५९५५ नंको ट्रक धादिङको गजुरी-६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट २ सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगिएको रिमालले

कर्मचारीको पक्षमा सनकार छ : ऊर्जामन्त्री भुषाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएका छन् । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिए । राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहेका मन्त्री भुसालले भने , ‘सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको

आज कुशे औंसी गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं । भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व, शनिबार घरघरमा पवित्र कुश भित्राइएको छ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश घरमा राखेर पूजा गर्ने गर्छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । यस्तै बुबाको मुख हेर्ने दिन पनि शनिबार नै परेकाले छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन