समाचार

साफ खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय महिला टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए । दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ । फिफाले शुक्रबार निलम्बन फुकुवा गरेसँगै भारतको पनि साफ च्याम्पियनसिप खेल्ने बाटो खुलेको छ । पछिल्लो पटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा

प्रधानमन्त्रीद्धारा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । एक अर्ब लागतमा निर्मित सम्मेलन केन्द्रको शनिबार उद्घाटन भएको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणी चाैधरी, लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसी, पूर्वअर्थमन्त्री विष्णु पौडेलल पनि सहभागि छन् । केन्द्रमा ११ सय १४ जना अटाउने सभाहल छ । ५ सय क्षमताका ६ वटा बैठक कक्ष, ५०–५० र १–१ सय क्षमताका दुइटा साना हल, भिआइपी, भिडिओ, अडिओ,

ट्राफिक नियम उल्लंघन गर्ने ३४ सय वढी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना

कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भईरहेको बताएका छन् । अध्यक्ष शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । उनले भने, ‘योजना भित्रै नतिजा निकाल्न सकिन्छ भनिरहनुभएको छ साथीहरुले । अब १५ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले

समानुपातिक उम्मेदवारी दर्ता आजबाट

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि निवेदन दर्ता गराउने भएको छ ।   निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ । निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फबाट भागलिन आयोगले गत साउन २२ देखि ३१ गते सम्म दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताले दिएको निर्देशन अनुसार आज दिँउसाे ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । बिहिवार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी

प्रत्येक पालिकामा वाइसिएलले श्रम सहकारी गठन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध सङ्घर्ष गर्ने भएको छ । दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए । वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण

कीर्तिपुरमा पनि मापदण्ड विपरितका संरचना भत्काउन सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरितका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका

अख्तियारद्वारा ३१ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी  भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो । धनुषाको पिडारी चोकस्थित र रत्नसागर

बालेनले अधिकारको दुरुपयोग गरे :उद्योग वाणिज्य संघ

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर