पद मागेर पाउने होइन : महासचिव गुरुङ
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी समिति बैठकले गुरुङलाई महासचिवमा सर्वसम्मत रुपमा चयन गरेको हो । महासचिवमा चयनपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने बताएका छन् । महासचिव गुरुङले पद मागेर पाउने विषय नभएको बताएका हुन् । ‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने अथोरिटी अध्यक्षको नै हो’, महासचिव गुरुङले भने,