समाचार

अज्ञात समूहको गोली लागी रुपेन्देहीमा एक जना घाइते

रुपन्देही । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन । गए राती ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरे पछि सो समुहले सिदार्थ कटेजवाट २५ हजार लुटपाट गरेर भागेका छन । गोली

ब्राउन सुगरसहित सुर्खेतबाट एक दम्पतीसहित चार पक्राउ

कर्णाली । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका-४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार विशेष सूचनाको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने छ । यसअघि आइतबार माओवादी अध्यक्ष प्रचण्ड र डा. भट्टराईबीच सहकार्यका विषयमा छलफल भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न डा. भट्टराई सहमत

अबको ३ दिन ठूलो पानी पर्दैन : मौसमविद्

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्षेत्रमा बिहादैदेखि घाम लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ । बाँकी ठाउँको मौसम खुलेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा

सबै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड

काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास

खनिरहेको डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

सुर्खेत । डोल्पामा सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा भएको घटनामा नेपालगञ्ज–१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो । आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान आयोगले गरेको छ । आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने बताए । आगामी निर्वाचनमा कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायीबाहेक करिब २२ हजार ५०० रहेको

ब्राउन सुगरसहित बिर्तामोडबाट अटोचालक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड–४ पुरानो बिजुली अफिस छेउमा लागुऔषध ब्राउन सुगरसहित अटोचालक पक्राउ परेका छन् । बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोचालक ४० वर्षिय उमेश चौधरी पक्राउ परेका हुन् । उनको साथबाट ४ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । चौधरीलाई थप सोधपुछ गर्दा बिर्तामोड–३ बस्ने प्रतीक्षा चौधरीसमेतको संलग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५

सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय

बुस्टर मात्रा खोपले मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ : स्वास्थ्य मन्त्रालय

गएको २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए  । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार