समाचार

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

बाँके । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । यसअघि पूर्वी नेपालको पहाडी

फेरि बढ्यो कोरोना संक्रमण, परीक्षणको दायरा बढाउने तयारी

खोटाङ । कोभिड-१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टिजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टिजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो । बैठकले बिहिबार दिक्तेल स्थित सरस्वती मावि, पञ्च मावि, दिक्तेल बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा एन्टिजेन परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने

बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित राजमार्गमा आज बिहानै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२-००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार ४ जना भध्य तीन जनाको मृत्यु भएको छ ।

मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ डाक्टर

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा। मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए । डा. रावलले भने, ‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका

मनाङमा ४९ वटा नयाँ उद्योग थपिए

लमजुङ । हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् । मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक

हर्क साम्पाङले सय दिनमा गरेका १३ काम

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । बिहीबार बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । साम्पाङले सार्वजनिक गरेको कामको विवरण यस्तो छ : १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें । २. ४ ठाउँबाट खानेपानीको मूहान थपें । ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ । ४. ६ लाख विरुवा रोपें । ५. सरसफाइमा देखिने सुधार ल्याएँ । ६.

बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ। काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो। सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुगमन गरिने भएको छ। धादिङको धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले गएराति भएको सहमतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए। आज

मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित

मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए । ‘रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशका पहाडी भू-भागमा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक