राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् । माल्यार्पणका लागि केही राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि त्यहाँ पुगेका थिए ।