समाचार

अवैध लागूऔषध सहित पक्राउ

ईलाम । ईलाम, रोङ गाउँपालिका–४ जोरकलशबाट करिब १ ग्राम २ सय मिलिग्राम चरेस जस्तो देखिने पदार्थ र ८९ ग्राम गाँजासहित सुनसरी बराहक्षेत्र नगरपालिका–१ चियाबारी बस्ने ३५ वर्षीय राज कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले पैदलयात्री राईलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस्तै, कास्की, पोखरा महानगरपालिका–१ सिमपानीबाट १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ

भारतमा एकै दिन तीन लाख बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन् । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख

एसईई परिक्षा वैशाखमा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा

बम विस्फोटमा परी अफगानिस्तानमा सात जनाको मृत्यु

काठमाडौं । हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन । अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ हो : डब्ल्यूएचओ

काठमाडौं । कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताएका छन् । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताए । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गरे ।

पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ लाख ७५ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड नाघेको छ । पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा ८ लाख ६ हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा १ लाख ८४ हजार, बेलायतमा १ लाख ९ हजार संक्रमित थपिएका छन् ।

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शनिबार प्रदेश १,

रिक्सा चालकको हत्यामा संलग्न पाँच जना पक्राउ

वीरगञ्ज । यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।

१० किलो चरेससहित एक महिला पक्राउ

पर्सा । पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो । रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ

काठमाडौंमा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।