पराजय अन्तिम र मृत्यु होइन : मुख्य शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको आन्तरिक चुनावमा पराजित भएपछि पराजय अन्तिम र मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहान्त्रीमा उम्मेदवारी दिएका शाही पराजित भएसँगै पदबाट राजीनामा दिन्छन् वा के गर्छन् भन्ने सवाल उठिरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन् । निर्वाचनको परिणाम आउनुअघि मुख्यमन्त्री शाहीले ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ’ भनेका थिए । तर, उनी शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्