समाचार

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा

काठमाडौं । सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज (आइतबार) १५ वर्ष पूरा भएको छ । २०५२ फागुनदेखि ‘जनयुद्ध’ सुर गरेका माओवादीले २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि देशमा दशक लामो युद्ध अन्त्य भएको थियो । उक्त सम्झौतामा ‘सरकार र माओवादीबीच चालु युद्धविरामलाई स्थायी रुप दिँदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौँ’ भनिएको छ । उक्त सम्झौता पत्रमा तत्कालीन प्रधानमन्त्री

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

काटमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका(६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा(९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका

आज विश्व टेलिभिजन दिवस

काठमाण्डौं । आज विश्व टेलिभिजन दिवस परेको छ । यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित

प्रहरीका १३ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलका अनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक

आठ डिएसपीको एसपीमा बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । यसअघि बढुवामा छुटेका डिएसपीहरु सिफारिसमा परेका छन् । बढुवामा पर्नेहरुमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, रामहरी पाण्डे, अर्जुन प्रसाद तिमल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन् । केही दिनअघि मात्र एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अध्यक्षताको बढुवा सिफारिस समितिले सो निर्णय गरेको हो । त्यस्तै शुक्रबार एसपीको सरुवा

२४ जना उपसचिवको सरुवा

काठमाडौं ।  । गृहले सोमबार २४ जना उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लामा सहायक सिडिओमा उपसचिवलाई पठाइएकोमा धेरैले असन्तुष्टि जनाएका छन् । सरुवाअनुसार पुष्कर खड्कालाई डोटी, रुद्रप्रसाद न्यौपानेलाई झापा, हरिप्रसाद गैरेलाई गुल्मी, चोमेन्द्र न्यौपानेलाई झापा, शिवप्रसाद रिजाललाई चितवन, शिवराम सेढाईलाई बारा, सावित्रा पुनलाई दाङ, निराजन श्रेष्ठलाई सिन्धुपाल्चोक, अनिल पौडेललाई कपिलवस्तु, लालबाबु कवारीलाई सिराहा, प्रदर्शन कुमारीलाई धनुषा, मित्रलाल शर्मालाई सुर्खेत, रामबहादुर शाहीलाई दैलेख, भूमिश्वर पौडेललाई लमजुङ, भोजराज श्रेष्ठलाई सर्लाहीको सहायक सिडिओमा सरुवा

खैरो हेरोइनसहित नौ जना पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४का ३२ वर्षीय गौतम केसी रहेका छन्। काठमाडौँ बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका

प्रधानन्यायाधीश जबराले तोकेका सबै इजलास बहिष्कार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले तोकेका सबै इजलास र बन्दी प्रत्यक्षीकरणका दुई मुद्धा पनि न्याायाधीशहरुले बहिष्कार गरेका छन् । शुक्रबार सर्वोच्चको मूलगेटमा वकिलहरूको धर्ना छल्दै अर्को ढोकाबाट न्यायालयमा प्रवेश गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार ८ वटा इजलास तोकेका थिए । प्रधानन्यायाधीश जबराको राजीमा माग गर्दै धर्नामा बसेका न्यायाधीहरुले राजीनामा नदिएसम्म इजालस अघि बढ्न नदिने भन्दै बहिष्कासर गरेका हुन् । यसअघि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको इजलास मात्र बहिष्कार गर्दै आएका

न्यायालय बारेमा गठबन्धनको साझा धारणा छिट्टै आउछ : प्रचण्ड

भोजपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।’ अहिलेको पाँचदलीय गठबन्धन

प्रचण्डको सचिवालय हेरफेर, स्वकीय सचिवमा मल्ल चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हेरफेर गरिएको छ । हालै बसेको स्थायी कमिटी बैठकले प्रचण्डको सचिवालय हेरफेर गर्ने निर्णय गरेको हो । प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल चयन भएका छन्।उनी अनेरास्ववियु (क्रान्तिकारी) का पूर्वअध्यक्ष हुन् । प्रमुख स्वकीय सचिवमा रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह-इन्चार्जको जिम्मेवारी दिइएको छ।