आज सातै प्रदेशमा सामान्य वर्षा हुने


  • आज सातै प्रदेशमा सामान्य वर्षा हुने

    काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज देशभरि आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानहरूमा हल्का वर्षारहिमपात भएको छ । आज देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *