महाकाली नदीमा पुल निर्माण गर्ने भारत सरकारको निर्णय
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![महाकाली नदीमा पुल निर्माण गर्ने भारत सरकारको निर्णय](https://www.sauryapatra.com/wp-content/uploads/2022/01/inbound6893970437151990561-768x403-1.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले विहिवार क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।