आगामी चुनावसम्मै गठबन्धन कायम रहन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ’, प्रधानमन्त्री देउवाले भने । यस्तै देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने