समाचार

केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।” उहाँले भन्नुभयो । विभागले आगामी

पाँचथरमा बेपत्ताहरुको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन

काठमाडौं । लगातारको वर्षाले बाढीपहिरो आएर बेपत्ता भएकाको खोजीका लागि पाँचथरमा तालिम प्राप्त कुकुर परिचालन गरीएको छ । पाँचथरमा बाढीपहिरामा परी एक सातादेखि अझै तीन जना बेपत्ता छन् । हालसम्ममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । बेपत्ता भएका तीन जाना नै मिक्लाजुङ गाउँपालिकाका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । प्रहरीका अनुसार तालिमप्राप्त कुकुर सोमबार नै मिक्लाजुङ आइपुगेका छन् । आज ‘मंगलबार’ बाट

पोखरामा भूकम्पको धक्का

पोखरा । पोखरामा भूकम्पको धक्का महसूस गरिएको छ । सोमबार साँझ करिब ८ः ३० बजेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प करिब पाँच सेकेन्ड गएको थियो । लमजुङ केन्द्र विन्दू बनाएर भूकम्प जाँदा गण्डकी प्रदेशका कास्की, स्याङजा, तनहुँ र गोरखा लगायतका जिल्लाहरुमा धक्का महसुस भएको छ ।

निर्देशक सुवेदीको नयाँ भिडियो आउदै

नेपालगंज । मोफसलमा रहेर चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका चर्चित निर्देशक नवराज सुवेदीले फेरी अर्को नयाँ भिडियोको छायांकन सकेका छन । चुनरी चुनरी उरगील बा तोहार हावासे…. बोलको थारु गीतको म्युजिक भिडियोको छायांकनको क्रममा बाँकेको पर्यटकिय स्थल गाभरमा भेटिएका निर्देशक सुवेदी निकै थकित अनी खुसि देखिन्थे । हाल छायांकन भैरहेको भिडियो आफ्नो ५५ औ म्युजिक भिडियो भएको वताउदै एक सातामै तिहारको गीतमा अर्को भिडियो छायांकन गर्ने तयारीमा रहेको

सुडानी सेनाद्वारा सत्ता नियन्त्रणमा, प्रधानमन्त्री सहित दर्जनौ नेता गिरफ्तार

एजेन्सी । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ता विद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ । नागरिक

बस दुर्घटनामा परी दुई जनाको मृत्यु, ६२ जना घाइते

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको

वर्षाका कारण ७ सय २२ करोडको धानबाली नष्ट

काठमाडौं । वर्षाका कारण धानबालीमा सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ ।

प्रधानन्यायाधीशलाई राजीनामा दिन १४ न्यायाधीशको आग्रह

काठमाडौं । प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालनका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सोमबार बसेको १४ जना न्यायाधीशको छुट्टै बैठकले मंगलबार प्रधानन्यायधीशलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक न्यायाधीशले बताए । मार्ग प्रशस्त गर्ने आग्रह गर्ने निर्णय गरे पनि उनीहरुले मार्ग प्रशस्त भन्नुको अर्थ खुलाएका छैनन् । उनीहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विषय उठाउन सक्ने बुझिएको

नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको अधिवेशन सम्पन्न

बर्दिया : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। विविध कारणबस शनिबार अधिवेशन हुन नसकेका वडाहरुमा आइतबार गरिएको छ। यसैबीच, नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको पनि अधिवेशन सम्पन्न गरिएको छ। ठकुरबाबा नगरकमिटीमा ९ वटा वडा छन् । सम्पुर्ण वडाहरुको उत्साहजनक तरिकाले अधिवेशन सम्पन्न भएको बताइएको छ। अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायत सदस्यहरु निर्वाचित भएका छन् । ठाकुरबाबा नगरपालिका का ९ वटै वडामा

राप्रपाको ५४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय