समाचार

जुवातास नियन्त्रण गर्न प्रहरी अभियान

वीरगञ्ज । पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजनालाई निरन्तता दिइएको उनको भनाइ थियो । चाडपर्वमा हर्षोल्लासको माहोल र भीडभाड साविकभन्दा बढी हुने र त्यसबखत आर्थिक

माओवादी केन्द्रले पहिचानको मुद्दा छाडेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पारेका छन् । नेपाल संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको भन्दै माओवादीले पहिचानको मुद्धा नछोडेको बताएका हुन् । ‘पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ’, उनले भने । मुलुक र जनतालाई

आगामी चुनावसम्मै गठबन्धन कायम रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ’, प्रधानमन्त्री देउवाले भने । यस्तै देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने

टेकुबाट एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२ टेकुबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई प्रहरीले पटाकासहित एक पक्राउ गरेको हो । शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । उनलाई बुधबार पक्राउ गरिएको हो। हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आज लक्ष्मी पुजा: धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरी मनाईंदै

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पुजा । अर्थात धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिने दिन । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री नेतृत्वको टोली एयरवेजको उडानबाट दोहा हुँदै बिहीबार काडमाडौँ आउने कार्यक्रम छ । देउवा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्ड लिडर समिटमा भाग लिन बेलायत गएका थिए । नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा गत कात्तिक १२ मा लण्डन गएका थिए । वन तथा

तिहारपछि शिक्षकको विज्ञापन खुल्ने

काठमाडौं । तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुल्ने भएको छ । तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी भइरहेको शिक्षक सेवा आयोगले जानकारी दिएको छ । आयोगले तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको जानकारी दिएको छ । आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ । नियमावली संशोधन नहुँदासम्म वार्षिक

ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन्

चीन सरकारद्वारा नेपाललाई १६ लाख मात्रा खोप प्रदान

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन् । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताइन् । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरता अन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका

अफगानिस्तानलाई हराउदै टी-२० विश्वकपमा भारतको पहिलो जित

काठमाडौं । युएईमा भइरहेको आईसीसी टी-२० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ । विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो । पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । चार खेलमा दोस्रो हार बेहोरेको