समाचार

आईपिएलमा अब १० टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा दुई नयाँ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आरपिएसजी भेन्चर्सले लखनऊ र सिभिसी क्यापिटल पार्टनर्सले अहमदाबादमा नयाँ टिम बनाउनेछ । आईपिएलमा अब १० टिम हुनेछन् । प्रतियोगितामा कुल ७४ वटा प्रतिस्पर्धा हुनेछन्, प्रत्येक टिमले ७ वटा होम र ७ वटा अवे म्याच खेल्नेछन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भने, ‘अब आईपिएलमा दुई नयाँ शहर लखनऊ र अहमदाबादका टोली पनि हुनेछन्

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १४ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच विवाद भइरहेको छ । दृष्टि

केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।” उहाँले भन्नुभयो । विभागले आगामी

पाँचथरमा बेपत्ताहरुको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन

काठमाडौं । लगातारको वर्षाले बाढीपहिरो आएर बेपत्ता भएकाको खोजीका लागि पाँचथरमा तालिम प्राप्त कुकुर परिचालन गरीएको छ । पाँचथरमा बाढीपहिरामा परी एक सातादेखि अझै तीन जना बेपत्ता छन् । हालसम्ममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । बेपत्ता भएका तीन जाना नै मिक्लाजुङ गाउँपालिकाका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । प्रहरीका अनुसार तालिमप्राप्त कुकुर सोमबार नै मिक्लाजुङ आइपुगेका छन् । आज ‘मंगलबार’ बाट

पोखरामा भूकम्पको धक्का

पोखरा । पोखरामा भूकम्पको धक्का महसूस गरिएको छ । सोमबार साँझ करिब ८ः ३० बजेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प करिब पाँच सेकेन्ड गएको थियो । लमजुङ केन्द्र विन्दू बनाएर भूकम्प जाँदा गण्डकी प्रदेशका कास्की, स्याङजा, तनहुँ र गोरखा लगायतका जिल्लाहरुमा धक्का महसुस भएको छ ।

निर्देशक सुवेदीको नयाँ भिडियो आउदै

नेपालगंज । मोफसलमा रहेर चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका चर्चित निर्देशक नवराज सुवेदीले फेरी अर्को नयाँ भिडियोको छायांकन सकेका छन । चुनरी चुनरी उरगील बा तोहार हावासे…. बोलको थारु गीतको म्युजिक भिडियोको छायांकनको क्रममा बाँकेको पर्यटकिय स्थल गाभरमा भेटिएका निर्देशक सुवेदी निकै थकित अनी खुसि देखिन्थे । हाल छायांकन भैरहेको भिडियो आफ्नो ५५ औ म्युजिक भिडियो भएको वताउदै एक सातामै तिहारको गीतमा अर्को भिडियो छायांकन गर्ने तयारीमा रहेको

सुडानी सेनाद्वारा सत्ता नियन्त्रणमा, प्रधानमन्त्री सहित दर्जनौ नेता गिरफ्तार

एजेन्सी । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ता विद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ । नागरिक

बस दुर्घटनामा परी दुई जनाको मृत्यु, ६२ जना घाइते

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको

वर्षाका कारण ७ सय २२ करोडको धानबाली नष्ट

काठमाडौं । वर्षाका कारण धानबालीमा सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ ।

प्रधानन्यायाधीशलाई राजीनामा दिन १४ न्यायाधीशको आग्रह

काठमाडौं । प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालनका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सोमबार बसेको १४ जना न्यायाधीशको छुट्टै बैठकले मंगलबार प्रधानन्यायधीशलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक न्यायाधीशले बताए । मार्ग प्रशस्त गर्ने आग्रह गर्ने निर्णय गरे पनि उनीहरुले मार्ग प्रशस्त भन्नुको अर्थ खुलाएका छैनन् । उनीहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विषय उठाउन सक्ने बुझिएको