समाचार

एडीबीले नेपाललाई ६ करोड डलर ऋण दिने

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि ६ करोड डलर ऋण स्वीकृत गरेको छ । विद्युत् प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नतिका लागि सञ्चालित विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनालाई थप ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब ९० करोड रुपैयाँ) ऋण उपलब्ध गराउनेगरी एडीबीको हालैको बोर्ड बैठकले स्वीकृत गरेको हो । सन् २०२० को नोभेम्बरमा स्वीकृत उक्त परियोजना अन्तर्गत नेपालभरका ३४ ओटा सबस्टेशन ग्रिडलाई स्वचालित बनाउने, काठमाडौं उपत्यकामा

आजबाट नयाँ नोट साट्न पाइने

काठमाडौैं । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका हुन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा

कमेडी च्याम्पियनका विजेता भरतमणीलाई पुर्व मन्त्री योगेशद्धारा एक लाख सहयोग

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ । कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो । आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको

सरकारी विभूषण तथा पदवीको साख हराउँदै

काठमाडौं । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । राज्यले कालो सूचीमा राखेका व्यापारी, राजस्व चुहावटमा मुछिएका व्यक्ति, आफ्नै उद्योगमा आगो लगाएर इन्सुरेन्सबापतको पैसा असुल्न खोज्ने व्यापारीसमेत विभूषण तथा पदवी पाउनेको सूचीमा परेपछि यसपटक झन् चर्को आलोचना भएको छ । विभूषण तथा पद्वी वितरणका लागि गृह मन्त्रालयले बनाएको मापदण्डलाई समेत मिचेर बहालवाला न्यायाधीश, मिडियाकर्मी र मिडिया सञ्चालकलाई समेत पदक दिने निर्णय भएपछि

चाडपर्व नजिकिँदै गर्दा कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो । महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै

महाकाली नदीमा खसेर एक युवक बेपत्ता

महेन्द्रनगर । बैतडीस्थित महाकाली नदीमा बगेर आइतबार एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन्। टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनी कसरी महाकालीमा खसे भन्ने खुलेको छैन। एक्लै घर फर्किरहेका टीकारमा साँघुरो बाटो भएका कारण लडेर महाकालीमा बेपत्ता भएको

नेकपा एकीकृत समाजवादी एक हप्ताभित्रमा सरकारमा सहभागी हुँदै

पोखरा । नेकपा (एकीकृत समाजवादी) एक हप्ताभित्रमा सरकारमा सहभागी हुने भएको छ । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र सरकारमा सहभागी हुने जानकरी दिएका हुन् । उनले पहिले क्षमता हुनेहरुलाई मात्रै काम गर्न पठाउने बताए । उनले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

आजबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (शुक्रबार)देखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउने कम्पनीको भनाई छ । कम्पनीकी सूचना अधिकारी शर्मिला

आज विश्वकर्माको पूजा

काठमाडौं । आज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउने दिन । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति

करिनाले १२ करोड मागेपछि चलचित्र ‘द इन्कारनेसन–सीता’ मा कंगना फाइनल

मुम्बई । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘द इन्कारनेसन–सीता’ निर्माण अगावै चर्चामा आएको चलचित्र हो । यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उनले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो ।  अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । नवभारत टाइम्सका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ