लामो दूरीको यातायात खुलाउने सरकारको तयारी
काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ । सबै सरकारी तथा सार्वजनिक निकाय खुलिसकेको अवस्थामा लामो दूरीका सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि सञ्चालन गर्न दिन लागिएको हो । कोभिड– १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)मा यसबारे छलफल भएको छ । जसअनुसार आगामी साता यसबारे निर्णय आउन सक्ने सिसिएमसीका एक सदस्यले बताए । अहिले सबैजसो जिल्लामा सार्वजनिक यातायात खुलेका छन् । अन्तर्जिल्ला यातायात सञ्चालन नहुँदा सर्वसाधारण जिल्लैपिच्छे सवारीसाधन फेरेर यात्रा