समाचार

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीमा ७७ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ प १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए । उनका अनुसार कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार

लुम्बिनीका मुख्यमन्त्री नैतिक संकटमा, बजेट पास  समेत अन्यौलमा

वुटवल । लुम्बिनी प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट लगभग पारित नहुने भएको छ । बजेट पारित नहुने भएपछि मुख्यमन्त्री शंकर पोखरेल नैतिक संकटमा पर्ने भएका छन् । लामो समयदेखि मुख्यमन्त्री अल्पमतमा रहेको बताउँदै आएको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आजकाे प्रदेश सभा बैठकमा मन्त्रीहरुले जवाफ दिनेक्रम सकियो भने आजै निर्णयार्थ बजेट पेस हुनेछ । विपक्षी गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस,

एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आज शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने गरी बैठक बोलाइएको हो । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ ।

कर्णाली प्रदेशले अध्यादेश मार्फत बजेट ल्याउदै

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेश गर्ने निर्णय गरेकाे छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हाे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध पारेको कारण देखाउँदै कर्णाली सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउन लागेकाे हाे

प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको ती मन्त्रीको भनाइ छ । को

कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् । शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार

भारतमा फसेका ४ महिलाको १० वर्षपछी उद्दार

काठमाडौं । १० वर्षदेखि भारतमा फसेका ४ महिलाको उद्दार गरिएको छ। शान्ति पुनर्स्थापना केन्द्र कञ्चनपुरले ४ जना महिलालाई उद्दार गरेको हो। कञ्चनपुरकी ३५ वर्षीया महिला, दार्चुलाकी १९ वर्षीया बालिका, रोल्पाकी १७ वर्षीया बालिका र सुनसरी जिल्लाकी २२ वर्षीया महिलालाई उद्दार गरेको गृहले जनाएको छ। उनीहरुलाई भारतीय संस्था हेल्प क्रस ट्रस्ट र नेपाली राजदुतावास संगको सहकार्यमा उद्दार गरेको जनाइएको छ। उद्दार गरिएका मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र २

ओलीलाई रिहाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओलीलाई रिहाइ गर्न आदेश दिएको छ ।लामाे समय देखि जेलमा रहेका ओलीलाई रिहाइ गर्न सर्वोच्चले आज आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।   कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए । उनको अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।