समाचार

तमु समाज कतारद्वारा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : “तमुहरुको एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित शाखा समिति महिला विभागले दाजुभाई भेटघाट तथा साास्कृतिक कार्यक्रम २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । तमु गुरुङ समाजको महिला विभागकी संयोजक शिला गुरुङको सभापतित्व तथा गैरआवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा महिला विभागले गुरुङहरुको संस्कृति अनुसार बैशाख पूणिर्ामाको अवसरमा दाजुभाई भेटघाट कार्यक्रम

भूम्या पर्व मनाउने तयारीमा नेपाल मगर साँस्कृतिक परिवार कतार

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजनामा “चौथो मगर भूम्या कार्यक्रम २०२४” मनाउने भएको छ । “नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ मगर समुदायको मौलिक राष्ट्रिय साँस्कृतिक चाड भूम्या पर्व-२०८१ को पावन अवसरमा साँस्कृतिक परिवारले चौथो मगर भूम्या पर्व-२०२४ मनाउने भएको हो । चौथो मगर भुम्या पर्व कार्यक्रमको

प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा चुनावको परिणाम आएको भोलिपल्ट बुधबार उनले राजीनामा दिएका हुन् ।  उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीको सत्ताधारी गठबन्धनले चुनावमा स्पष्ट बहुमत पाए पनि भाजपाले भने बहुमत पाएको छैन । 

चाबहिलमा ५५ वर्षीय पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउदा ५ जना घाइते

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् ।  बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।ज घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपीले बताए । घरायसी झगडा र मादक पदार्थ सेवन

नेपाली राजदूतावास कतारले गर्‍यो अभिमुखीकरण कार्यक्रम

दर्शन सुनार/कतार : कतारस्थित नेपाली राजदूतावास कतारले श्रमिक सुरक्षा तथा जनचेनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली राजदूतावास कतारको आयोजना तथागैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा सनैयामा अवस्थित रहेको फुलवारि रेष्टुरेन्टको सभाहलमा नेपाली राजदूतावास कतारका राजदुत डा: नरेश बिक्रम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कतारका परिवार लगायत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो । राजदूतावास कतारका लेवर काउन्सिल टिकामणी न्यौपानेले कार्यक्रमको बारेमा

कतारमा मनाइयो १७ औं गणतन्त्र दिवस

दर्शन सुनार/कतार : कतारमा स्थापित विभिन्न बैचारिक संगठनहरुद्धारा संयुक्त रुपमा १७ औं  गणतन्त्र दिवस २०८१ भब्य रुपमा मनाएको छ । नेपाली राजदूतावासको सभाहलमा कतारमा स्थापित विभिन्न बैचारिक संगठनहरुको संयुक्त आयोजनामा प्रवासी नेपाली मञ्च कतारको सातौ महाधिवेशन आयोजक समितिका सयोंजक, अफसर अलि खानको सभापतित्व,तथा नेपाली राजदूतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवत उद्धघांटन सहित व्यानर अनावरण, दिप प्रज्वलन गरी उद्घघांटन गरिएको कार्यक्रममा राष्ट्रिय गान

यार्सा टिप्न गएका २ जनाको मृत्यु

मुगु : यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक

गर्मिका कारण नेपालगञ्जका विद्यालय जेठ ७ गतेसम्म बन्द

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।  अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने

दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको

गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।  विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।