नवलपरासी सेवा समाज कतारद्धारा गृह जिल्लामा एक लाखको अक्षयकोष स्थापना
दर्शन सुनार/कतार : “आपसी सहयोग सद्भाव र एकता,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” मुल नाराका साथ २०१८ मा कतारमा स्थापना भएको नवलपरासी सेवा समाज कतारले गृहजिल्लाको सरावल गाउँ पालिका वडा नम्बर ३ पिपरामा अबस्थित श्री बालपुरी आधरभूत बिद्यालयमा नेपाली एक लाख (अक्षरुपी) को अक्षयकोष स्थापना गरेको छ । समाजका निवर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कृष्ण पन्थीको अध्यक्षतामा ९ फेब्रुअरी २०२४ मा बसेको बैठकद्वारा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री एवं पोशाक