प्रहरीका १ सय ४९ प्रहरी निरीक्षक दीक्षित


  • प्रहरीका १ सय ४९ प्रहरी निरीक्षक दीक्षित
  • काठमाडौं । नेपाल प्रहरीका १ सय ४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । आज शुक्रबार दीक्षित हुनेमा आधारभुत तालिम पुरा गरेका १ सय ३१ जना पुरुष र १८ जना महिला रहेका छन् ।



  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे । प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *