समाचार

सिंगटी हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ । आवेदकहरुको भेरिफाइ भइरहेकोले आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले जानकारी दिए । कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् । कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित

छ हप्ताको शिशुको हत्या अभियोगमा कास्कीवाट एक महिला पक्राउ

पोखरा । आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक

आधा किलो सुनसहित विमानस्थलवाट दुई जना पक्राउ

काठमाडौं । जुत्तामा सुन लुकाएर दुवईबाट काठमाडौं आएका एक जना र अर्को एक जना गरी दुई जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी छन् । फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

संखुवासभामा बस दुर्घटना हुँदा ३२ जना घाइते

संखुवासभा । संखुवासभामा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।   मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना भएको हो । बस सडकबाट करिब बीस मिटर तल पल्टिँएको छ ।   प्रहरी र स्थानीयले घाइतेको उद्दार गरेका छन् । गम्भीर घाइते १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल र खनाल पक्षले देशव्यापी नयाँ अभियान सुरु गर्ने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले देशव्यापी अभियान सुरु गर्ने निर्णय गरेको छ । माधव–झलनाथ पक्षका नेता योगेश भट्टराईले संगठन निर्माण, प्रशिक्षण, अभियान, विशेषखालका कार्यक्रम गर्ने निर्णय भएको दिए । नयाँ ढाँचाका कार्यक्रमलाई अन्तिम रुप शनिबार बस्ने स्थायी कमिटी बैठकले तय गर्ने उनले बताए ।   उनले भने, ‘राष्ट्रिय भेलाले तय गरेको देशव्यापी संगठन निर्माणको अभियान चलाउने छलफल भएको छ। त्यसका लागि राष्ट्रव्यापी

दाङ लमही तर्फ आउदै गरेको यात्रुवाहक वस दुर्घटना, दर्जन वढी यात्रु घाइते

दाङ । दाङको घोराही देखि लमही तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दर्जन बढी यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।   दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनामा मानबिय क्षति भए नभएको बारेमा बिस्तृत जानकारी आउन बाकि रहेको प्रहरीले

ब्राउन सुगरसहित तीनजना पक्राउ

झाप । भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट ब्राउन सुगरसहित तीनजना पक्राउ भएका छन् । उनीहरुलाई बिहीबार राति साढे ८ बजे पक्राउ गरिएको प्रहरीले बताएको छ ।   पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का ४० वर्षीय लोकेन श्रेष्ठ‚ भद्रपुर नगरपालिका–१० का ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेका छन्।   उनीहरुको साथबाट ब्राउन सुगर नौ ग्राम ११० मिलिग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । पक्राउ

पछिल्लो २४ घन्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप १ सय ५२ जनामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । ४ हजार २ सय १३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५२ जना नयाँ संक्रमित भेटिएका हुन् । यही समयमा ६५ ले कोरोनालाई जितेर घर फर्किएका छन्। भने एक जनाकाे कोरोनाकै कारण ज्यान गएको छ।

खुकुरी देखाएर ६ लाख लुट्ने युवाहरु प्रहरी फन्दामा

काठमाडौं । बुधबार दिउँसो न्यूरोडको एक ट्राभल एण्ड टुर्स कम्पनीमा लुटपाट भइको छ । काठमाडौं महानगरपालिका– २२ खिचापोखरीस्थित प्रवेश राज भण्डारीले संचालन गरेको ग्लोबल जिपाङ ट्राभल एण्ड टुर्सबाट खुकुरी देखाएर ६ लाख लुटपाट भएको हो ।   ट्राभलका कर्मचारी दिपक मल्ललाई खुकुरी देखाई धम्काएर हात बाँधेर लुटपाट भएको हो । महानगरीय परिसर काठमाडौ र वृत्त जनसेवावाट संयुक्त प्रहरी टोलीले लुटपाटमा संलग्न ब्यक्तिहरुलाई आठ बजे पक्राउ गरिएको छ ।   पक्राउ

प्रदुषणले स्वासप्रस्वास र आँखाको विरामी वढ्दै

काठमाडौं । गत शुक्रबारदेखी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा लागेको गम्भिर प्रकृतिको तुँवालो नहट्दा मानिसमा गम्भिर समस्याहरु देखापर्न थालेका छन् । दीर्घरोगी, फोक्सो, मुटु, छालादेखि स्नायु प्रणालीसम्मका गम्भिर प्रकारका समस्या देखिन थालेको हो ।   अहिले बढिगरी आँखा पोल्ने समस्या राजधानीमा देखिन थालेको चिकित्सकहरु बताउछन् । वायुमा देखिएको प्रदुषण ६ दिनदेखी नहट्दा मानिसहरुलाई ज्वरो आउने, खोकी लाग्ने र छातीमा समस्या देखिन थालेको छ ।   तुँवालो लागेको जस्तो देखिएपनि त्यो