समाचार

सप्तरीमा हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ

सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।   २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।   जिल्ला अदालतको उक्त फैसलालाई तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ चैत २२ गते तथा

विश्वकप छनोटमा फ्रान्सले काजकस्तानलाई  हरायो

एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ ।   फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार राति भएको खेलमा पाहुना टोली फ्रान्सले खेलको २०औं मिनेटमा औसमाने डेम्वेलेको गोलबाट अग्रता लिएको

सबारी नियम उल्लंघन गर्ने दुई हजार बढी चालकलाई कारबाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लंघन गर्ने दुई हजार बढी चालकलाई कारबाही गरेको छ ।   होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारबाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ ।   ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा

होली मनाउन गएका युवाबीच झडप दुईको मृत्यु,  केही युवा वेपत्ता

बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको बडिगाँड गाउँपालिका ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए। गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए। मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइ रहेका छन्।

होली आज देशैभर हर्षोल्लासका मनाइँदै

काठमाडौं । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज देशैभर हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।   केही वर्ष अघिसम्म देशका अधिकांश भागमा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई

पत्रकार महासङ्घको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायत सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी

मेलम्चीको पानी आजदेखि उपत्यकावासीको घरघरमा पठाइदै

काठमाडौं । मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्ने भएको छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो ।   तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइदैछ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौं पठाइन्छ, त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ

स्टाफ कलेज तालिममा सेनानी समिर वने सर्वोत्कृष्ट प्रशिक्षार्थी

काठमाडौं । विदेशी ६ सहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेको छ। सेनाका ४ महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका १/१ तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका १/१ सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण (कोभिड-१९) पोजेटिभ देखिएको छ ।     सचिनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिएका छन् । सचिनको कप्तानीमा यसै साता भारतीय लेजेन्ड्सले फाइनलमा श्रीलंका लेजेन्ड्सलाई पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको च्याम्पियन बनेको थियो । आफूलाई कोरोना संक्रमण देखिएपनि घरका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सचिनले

बंगलादेश भ्रमणमा मोदी जाँदा विरोध प्रदर्शन, पाँच जनाको मृत्यु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध हिंसात्मक भएको छ । बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रबार राजधानी ढाका पुगेका हुन् । एउटा इस्लामिक धार्मिक संगठनले शनिबार पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने आइतबार हडताल गर्ने घोषणा गरेको छ । शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको