पूर्व सभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा
काठमाडौैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्दैछन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बेठक बोलाइएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाका अनुसार पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको हो । गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध