समाचार

अमेरिकामा भेटियो अर्को डरलाग्दो भाइरस

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीले आक्रान्त बनाइरहेकै बेला फेरि अर्को भाइरस देखा परेको छ । महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको छ । बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका

अर्को पार्टी खोल्ने निर्णयमा नेता नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । शनिबार बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याएका कारण अर्को

नेता नेपाल सहित ११ जनालाई स्पष्टिकरण सोध्ने स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् । आज बसेको

राष्ट्रिय जनमोर्चाद्वारा पार्टी बिपरित कार्य गर्ने सांसद थापालाई कारबाही

काठमाडौं । राष्ट्रिय जनमोर्चाका बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) बाट निर्वाचित प्रदेश सांसद कृष्ण थापालाई पार्टीबाट निस्कासित भएका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका सांसद थापाले पार्टीको निर्णय विपरित गण्डकी प्रदेश सभामा भूमिका खेलेको भन्दै कारवाही गरिएको हो । जनमोर्चाका गण्डकी प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका थापाले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै पार्टी केन्द्रीय समितिले निस्कासित गरेको हो । उनलाई एक वर्षका लागि पार्टी सदस्यता समेत नरहने

तातोपानी नाकाबाट ३० मेट्रिक टन लिक्विड अक्सिजन भित्रियो

काठमाडौं । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार मध्याह्न तातोपानी भन्सार कार्यालय भित्रिएको हो । ‘हामीकहाँ ३० मेट्रिक टन बराबरको १५० सिलिन्डर लिक्विड अक्सिजन आइपुगेको छ,’ तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले भने, ‘उक्त परिमाणको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका ६ हजार सिलिण्डर भर्न सकिने देखिएको

कोरोना निको हुनेको संख्या बढ्दै, एकैदिन ८ हजार ८४८ जना संक्रमणमुक्त

काठमाडौं । केहीदिन यता कोरोना संक्रमितको निको हुने दर बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।

विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ । की छन् । बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने नेताहरुले बताएका छन् ।

आगामी बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

काठमाडौं । आगामी बजेटमा सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने तयारी गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर्मचारीको तलब वृद्धि गर्ने भएको हो। अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्नेछ। सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

प्रतिगमन भाग - २ को डटेर प्रतिवाद गरौ : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ । नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्सना

अमेरिकाद्वारा चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी

काठमाडौं । अमेरिकाले चीनको प्रयोगशालाबाटै कोरोनाभाइरसको उत्पतीभएको दाबी गरेको छ । विश्वव्यापीमहामारीका रुपमा फैलिएको भाइरसको उत्पतिबारै अझै एकिङ तथ्य फेला नपरेको अवस्थामा बिभिन्न व्यक्तिहरुले आ आफ्नै किसिमका दाबीगर्दै आएका छन् । अमेरिकी स्वास्थ्यअधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित सङ्क्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको हुनसक्ने दाबी गरेका हुन । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन सीडीसीका निर्देशक समेत