बढ्यो पेट्रोलको मुल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ ।सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने