समाचार

जाँदाजाँदै आईजीले गरेको इन्चार्ज  काज आदेश गृहसचिवद्वारा रद्ध

काठमाडौं । अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको आदेश गृह मन्त्रालयले रद्ध गरेको छ । शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरी बृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आईजी कुँवरले आदेश दिएका थिए । तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै आईजीको आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका छन् । प्रहरी प्रधान

जाँदाजाँदै आईजीले दिए श्रीमती र आफ्नो बडीगार्डलाई इन्चार्जको जिम्मा

काठमाडौं । चैत ४ मा अवकाश हुने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवरले आफ्ना अंगरक्षक (बडीगार्ड) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । पत्नीका सहयोगीलाई त्यस्तै जिम्मेवारी दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासनको परिपत्रअनुसार ललितपुरस्थित प्रहरी बृत्त, चापागाउँका डीएसपी दीलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी यमकुमार श्रेष्ठ खटाइएका छन् । श्रेष्ठ महानिरीक्षक कुवरका अंगरक्षक हुन् । शुक्रबारकै काज सरुवाअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारीमा इन्स्पेक्टर सन्तोष न्यौपाने

काठमाडौंमा विहानैदेखि चेकिङ, होलीको बहानामा मापसे र लापसे गरे सवारी साधन दिनभरि होल्ड गरिने

काठमाडौं : होलीको बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउने क्रमलाई आज विहानैदेखि कडाइ गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ । उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) भएको

आज पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइँदै

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने

प्रहरीका २ जना डिएसपी एसपीमा वढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका २ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरु प्रहरी उपरिक्षक (एसपी) मा वढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितको बैठकले डीएसपीद्वय रबिन कार्कि र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मछिन्द्रलाई २-१ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा

विराटनगर : थ्रीस्टार क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रवार तेस्रो क्वाटरफाइननमा साविक विजेता मछिन्द्र एफसीलाई २-१ गोलले हराउँदै थ्री स्टार क्लब अन्तिम चारमा पुगेको छ। थ्रीस्टारले सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । प्लेयर अफ दि म्याच थ्रीस्टारका दिपेश घलेले ११ हजार रुपैयाँ पाए । कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो । त्यसअघि

रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने ट्रम्पको धम्की

वासिंगटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् । ‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरेका छन् । रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्’ उनले लेखेका छन् । ट्रम्पको धम्की

फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ-प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’ उनले नेपाली जनताले उदारताका साथ

पोखराको न्युरोडस्थित फर्निचरको गोदाममा भिषण आगलागी

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ । बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रहरीका ७५ जना इन्सपेक्टरहरु डिएसपीमा वढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरु प्रहरी नायव उपरिक्षक (डिएसपी) मा वढुवा सिफारिस भएका छन्। माघ २५ गते वसेको बढुवा समिती बैठकको निर्णय अनुसार उनीहरुलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ । शुक्रबार तेस्रो लटको बढुवा निकाल्दा पनी चार जना भने छुटेका छन ।