समाज

हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाजु गम्भीर घाइते

हेटौँडा : मकवानपुरको हेटौँडा चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधवार वेलुकी ९ बजे जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए । खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो ।

गोठवाट सल्केको आगोले तीनवटा घर जलेर नष्ट, १५ लाख बढीको क्षती

जनकपुर : सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । स्थानीय सोम प्रसाद आचार्यले गाई गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाई गोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए । आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा

दाङको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन

दाङ : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल ल्याउन लागिएको उनले बताए । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम समेत

कौडा खेलिरहेका १६ जना पक्राउ

काठमाडौं : नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् । नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीको रिक्त १० डिआईजीमा दुइ दर्जन एसएसपीविच तिव्र प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको ६ एआईजीको बढुवा तत्काल हुने भएको छ भने डीआईजी बढुवाका लागी एसएसपीहरुको दौडधुप तिव्र रुपमा शुरू भएको छ । चैत ४ मा तत्कालीन आईजी वसन्तबहादुर कुँवरसहित अवकाश हुने क्रममा रिक्त रहेको ६ एआईजीमा त्यति नै संख्याका डीआईजी बढुवा हुँदा रिक्त डीआईजीको पद १० हुन्छ । त्यसमध्ये ४ पद अहिल्यै रिक्त छ । १० डीआईजीको पद रिक्त हुँदा त्यसका निम्ति योग्यता पुग्नेको संख्या २१ र

फूल बिक्री गरेर मासिक दुई लाख कमाउदै २५ वर्षीया सरिश्मा

बन्दीपुर : यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन् । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म

जाँदाजाँदै आईजीले दिए श्रीमती र आफ्नो बडीगार्डलाई इन्चार्जको जिम्मा

काठमाडौं । चैत ४ मा अवकाश हुने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवरले आफ्ना अंगरक्षक (बडीगार्ड) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । पत्नीका सहयोगीलाई त्यस्तै जिम्मेवारी दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासनको परिपत्रअनुसार ललितपुरस्थित प्रहरी बृत्त, चापागाउँका डीएसपी दीलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी यमकुमार श्रेष्ठ खटाइएका छन् । श्रेष्ठ महानिरीक्षक कुवरका अंगरक्षक हुन् । शुक्रबारकै काज सरुवाअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारीमा इन्स्पेक्टर सन्तोष न्यौपाने

फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ-प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’ उनले नेपाली जनताले उदारताका साथ

पोखराको न्युरोडस्थित फर्निचरको गोदाममा भिषण आगलागी

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ । बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रदेश प्रहरीको आदेश लत्याउँदै बाँके प्रहरी, दरबन्दी बिहिनलाई फाटदेखी चौकी,ईलाकाको जिम्मा

काठमाण्डौं : गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयले दरबन्दीविहीन प्रहरी जवानदेखि अधिकृतसम्मलाई दरबन्दीमा पठाउन पटकपटक गरेको निर्देशन बाँके प्रहरीले लत्याएपछि लुम्बिनी प्रदेशका डिआईजी यतिबेला निरिह देखिएका छन्। भावी आइजिपीका दावेदार समेत रहेका लुम्बिनी प्रदेश डिआइजीको आदेश अन्य जिल्ला रुकुम पूर्व, रोल्पा, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दियाका प्रहरी प्रमुखले तत्काल पालना गरेपनि बाँके प्रहरी प्रमुखले आदेशलाई अटेर गर्दा डिआइजीको कार्यसम्पादनमा प्रश्न उठेको छ । हाल सुदुरपश्चिम, कर्णाली,