अपराधिलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुभाछ आइजी साप: दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । बिहीबार काठमाडौंको बल्खुमा शक्ति प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीमाथि ढुंगामुढा गर्ने केहि समर्थक पक्राउ परेपछि प्रसाईंले घरमै पत्रकार सम्मेलन गरेर आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका हुन् । आफ्नै घरमा नजरबन्दमा परेका उनले आफू नागरिक बचाउन आएको बताए । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गर्दै