समाज

महोत्तरीमा डीएसपी यादव कुटिए

काठमाडौं । महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादवमाथि बिहीबार राति १० बजेको समयमा जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । उनको दायाँ खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार अहिले उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर

फोहोर व्यवस्थापनमा स्थानिय सिपको प्रयोग

दिपेश जंग शाह/रुकुम पूर्व : प्राय ठाउँहरुमा फोहर व्यवस्थापनका लागि डस्टविन राखिएको हुन्छ तर लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भने फोहर व्यवस्थापनका लागि डस्टविन नराखी स्थानिय बासवाट निर्मित डोको राखिएको छ । बढ्दो बजारीकरणसंगै प्लाष्टिक झोला र बजारको फोहोरलाई व्यवस्थापन गर्न र स्थानीय सीप/कलालाई प्रवद्र्धन गर्ने मुख्य उदे्श्यका साथ रुकुमकोट बजार क्षेत्रमा रुकुमकोट उद्योग वाणिज्य संघले डोकोको प्रयोग गरिएको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमले बताए । 

सुनकाण्डमाथिको छानविनलाई जरैसम्म पुर्याउछु :गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय केजी सुन काण्डमाथिको छानविनलाई जरैसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । आज शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले सुन आयात घटनाको जरैसम्म पुगेर दोषी जोसुकै भएपनि कारबाही गरिने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइन समेत बताए । कतै तीन ब– (बालकोट, बालुवाटार र

विदेश घुम्न जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । ‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले

प्र.स.नि. १६४ औं समुहले गर्‍यो निलसागर सेवा आश्रमलाई एक लाख बराबरको सामाग्री सहयोग

नेपालगन्ज । आठौं वर्ष पूरा भएको अवसरमा सोमबार प्रहरी सहायक निरीक्षक १६४ औं समुहले नेपालगन्जस्थित  निलसागर सेवा आश्रमलाई स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरेका छन । २०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायकनिरीक्षक मोहन लाल ओलिले जानकारी दिए । बिभिन्न जिल्लामा कार्यरत माधव रावत, मोहन लाल ओली, दाम प्रसाद श्रेष्ठ, महेन्द्र बहादुर शाही, सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल,  दिग्विजय के.सी, विक्रम वि क, हृदेश चौहान, शिउ कुमारचौधरी, ललित बुढाथोकी, भरत रावल,  लाल बहादुर वि क, दिलिप चौधरी,  दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन,  कृष्णभाट, सन्तोष रावल,  तारा पति अर्याल, महेश कुँवर,  राजेन्द्र चौधरी,  सन्तोष थापा, लक्ष्मण वि क,  लक्ष्मी प्रसाद कँडेल,  ओम प्रकाशखत्री र  आशिष दर्लामी मगरले संयुक्तरुपमा सहयोग जुटाएका हुन । प्र.स.नि. १६४ औं समुहले सोमबार एक कार्यक्रमका बीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेको हो । अध्यक्ष खनालले नेपाल प्रहरीसंग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताए । उनले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताए । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् ।

सशस्त्र प्रहरीका ६ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् । कानून तथा लेखा उपसमुहका बढुवा सिफारिस भएको हो । लेखातर्फ प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेश कुमार सिंहको सिफारिस भएको छ । कानुनतर्फ सत्यदेवी बस्नेत डिएसपीमा सिफारिस भएकी छिन् ।प्रशासनतर्फको बढुवा भने सशस्त्र प्रहरीमा अन्योल छ ।

इन्सपेक्टर बोहरालाई बिशेष अदालतको सफाइ

काठमाडौं । काठ तस्करीको अभियोग लागेका इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहराले सफाई पाएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार सफाइको फैसला गरेको हो । काठ तस्करी गर्न लागेको बेला इन्सपेक्टर बोहरा तथा केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित पक्राउ गरी अख्तियारमा बुझाएका थिए । आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्याई

श्री एयरलाइन्सका सबै उडान स्थगित,सोमबारदेखि सञ्चालन हुने

काठमाडौं । श्री एयरलाइन्सले आज आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिनेछन् । शनिवार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि

आज धान दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज असार १५ अर्थात धान दिवस। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ लाई विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ