भक्तपुरका विभिन्न क्षेत्र डुबानमा, ५ जना बेपत्ता
भक्तपुर । निरन्तर भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रमा पहिरो र बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक