चाडै नेपाल फर्किएर झुटो जाहेरीको प्रतिवादी गर्छुः सन्दीप लामिछाने
काठमाडौं । बलात्कारको आरोप लागी विदेशमै फरार रहेका क्रिकेटर सन्दीप लामिछानेले आफु बिरामी भएको बताएका छन् । आफुविरुद्ध झुटा जाहेरी परेको र छिट्टै नेपाल फर्किएर प्रतिवाद गर्ने उनको भनाई छ । गत ५ भदौमा पिंगलास्थानको होटलमा आफुमाथि बलात्कार भएको भनेर उनीविरुद्ध एक युवतीले जाहेरी दिएकी थिइन् । विदेशमा रहेका सन्दीप अझै फर्किएका छैनन् । सामाजिक सञ्जालमार्फत उनले आइतबार यस्तो अपिल गरेका छन्ः १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन










