समाज

भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा नुवाकोटमा

नुवाकोट । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन नुवाकोट आएका छन् । देउवाले नुवाकोटमा हुने दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दैछन् ।साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवाको साथमा काँग्रेस नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन्

नेपालको विकासमा एमसीसीको महत्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

पर्सा । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे । नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

पाल्पा । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

सुनको सिक्री चोरेर भाग्दै गरेका दुईजना पक्राउ

बर्दिया । सुनको सिक्री चोरेर भाग्दै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा रानीघाट नगरपालिका–२० का २१ वर्षीय राकेश सिंह राठौर र सोही ठाउँका १८ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले बढैयाताल गाउँपालिका–८ शितलाबजारमा उक्त गाउँपालिका–८ कण्ठपुरकी ४८ वर्षीया महिलाको सुनको सिक्री चोरेका थिए । सिक्री चोरेर भागेका उनीहरु बुधबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा

बयानका लागी नायक पल शाहलाई गैंडाकोट ल्याइयो

नवलपरासी । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको दुई सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा

आगो निभाउने क्रममा एकको मृत्यु, एक जना घाइते

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि

हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

काठमाडौं। हुण्डी कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको टंकेश्वरीका २३ वर्षीय विक्की खड्गी र भारत दार्जिलिङका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन्। काठमाडौंको मख्खनमा बिमला इन्टरनेसनल प्रालि सञ्चालन गरी नक्कली गरगहनाको कारोबार गर्दै आएका अमित हुण्डी कारोबारमा समेत संलग्न रहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। सोधपुछका क्रममा काठमाडौंको कीर्तिपुर बस्ने विक्की खड्गीको समेत संलग्नता रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुका सम्बन्धमा थप

ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ । बेहोस अवस्थामा भेटिएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवं एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । सुभाष तामाङको अहिले पनि उपचार भइरहेको छ । डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । आइतबार बेलुका खाना खाएर

इन्चार्ज बमको ठुलो सफलता, पेस्तोल र ९० ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

बाँके। बाँके प्रहरीले अत्याधुनिक स्वचालित पेस्तोल र ठुलो परिमाणमा  ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका १ स्थित प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा खटिएको टोलीले आइतबार दिउँसो ३ बजे ९० ग्राम  ब्राउन सुगर, एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जना युवकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बमको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका

बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५