समाज

मन्त्रीमण्डल भागभण्डा सहमति नजिक, नेपाल समूहलाई पनी सरकारमा ल्याउने तयारी

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेताहरूबीच सामान्य छलफल भएको भए पनि ठोस कुरा नभइसकेको बताउँछन् ।

आज बकर इद घरघरमै मनाउदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्

कक्षा १२ को परीक्षा साउन मसान्तबाट सुरु

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना

रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’ यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले  आममाफी दिँदा पनि काँग्रेसका नेता

एमाले नेता भीम रावलले सांसद पदबाट दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन्। उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवालाई मोदिको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

लामो दूरीको यातायात खुलाउने सरकारको तयारी

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ । सबै सरकारी तथा सार्वजनिक निकाय खुलिसकेको अवस्थामा लामो दूरीका सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि सञ्चालन गर्न दिन लागिएको हो । कोभिड– १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)मा यसबारे छलफल भएको छ । जसअनुसार आगामी साता यसबारे निर्णय आउन सक्ने सिसिएमसीका एक सदस्यले बताए । अहिले सबैजसो जिल्लामा सार्वजनिक यातायात खुलेका छन् । अन्तर्जिल्ला यातायात सञ्चालन नहुँदा सर्वसाधारण जिल्लैपिच्छे सवारीसाधन फेरेर यात्रा

कला लम्सालको “झिल्के भेना” सार्वजनिक

काठमाडौं । तिज पर्वलाई नेपाली नारीहरुको महान पर्वको रुपमा लिईन्छ ।  साउनको पहिलो साताको सुरुवातसँगै जताततै तिजका भाकाहरु गुन्जिन थालेका छन । यस्तै गायिका कला लम्सालको पातली ३ “झिल्के भेना” सार्वजनिक भएको छ । विगत केही वर्ष अघि पातली नामक गितको अपार सफलता पछि पातली २ “एैना हेरी हेरी” हुँदै यो वर्ष पातली ३ “झिल्के भेना” सार्वजनिक भएको हो । तिज आउदा सबैले सम्झिन्छन गायिका कला लम्साल लाई किनभने उनका

प्रदेश २ सरकारमा माओबादी केन्द्रका दुई मन्त्रीले सपथ लिए

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले सपथ लिएका छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका भरतप्रसाद साह र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् । शनिबार प्रदेश प्रमुख डा. राजेश अहिराजले मन्त्री साहलाई र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)मा समस्या आएपछि अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ

पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडाैं । नेपालमा थप एक हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३१० र एन्टिजेन विधिबाट ५६५ संक्रमित पुष्टि भएको हो । उक्त अवधिमा कूल छ हजार ८५८ पीसीआर र तीन हजार २०८ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ । गत २४